मैवाखोलाको साँघुमा रछ मेमोरियल आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने

मदन गौतम
फाल्गुन ९, २०८१

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयको खेल मैदाानमा जलजले क्लब साँघुले रछ मेमोरियल आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएकोछ । महाशिवरात्रि पर्वको अवसरमा फागुन १३ गते देखि १७ गते सम्म प्रतियोगिता हुने सचिव चिरिञ्जिवी चङवाङले बताउनु भयो । प्रतियोगितामा ताप्लेजुङ सहित ८ वटा टिमले सहभागिता रहने आयोजकले जनाएकोछ । सहभागी टिमहरु माछा पोखरी हिटी क्लब ताप्लेजुङ, इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङ ,जलजले क्लब साघु ,म्याङलुङ रिपोर्टिङ क्लब तेह्रथुम , मैवाखोला गाउँपालिका,धरान सिटी फुटबल क्लब धरान ,मरिक फुटबल क्लब धरान र साँघुरी गढी फुटबल क्लब धनकुटा रहेकाछन् । महाशिवरात्रि पर्वकै अवसरमा पालिका स्तरीय महिला फुटबल र पुरुष ब्याडमिन्टनतर्फ एकल र युगल खेल समेत सञ्चालन हुने भएकोछ । रछ मेमोरियलको विजेताले ३ बर्षे रनिङ टफी मेडल र प्रमाण पत्र सहित २ लाख ६० हजार १ सय ११ रुपैया र उपविजेताले टफी मेडल र प्रमाण पत्र सहित १ लाख ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन् । महिला तर्फको विजेता र उपविजेताले क्रमस टफी मेडल र प्रमाण पत्र सहित ८० हजार रुपैया र टफी मेडल र प्रमाण पत्र सहित ४० हजार रुपैया प्राप्त गर्नेछन् । पुरुष ब्याडमिन्टन तर्फको डबल प्रथम र दितियले क्रमस टफी मेडल र प्रमाण पत्र सहित १५ हजार रुपैया टफी मेडल र प्रमाण पत्र सहित ७ हजार ५ सय रुपैया साथै पुरुष ब्याडमिन्टन तर्फको सिङगल प्रथम र दितियले टफी मेडल र प्रमाण पत्र सहित १० हजार रुपैया टफी मेडल र प्रमाण पत्र सहित ५ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*