नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर (सूचनासहित)
ठमाडौं । नेपाल प्रहरीले जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।
प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ । विशेष सूचनामा भनिएको छ– सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँसमेत विपक्षी रहेको रिट नम्बर ०७८–डब्ल्यूओ–०६६२ समेतका उत्प्रेषणका निवेदनहरूमा मिति २०७९-१०-२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुन आउने कूल पदहरूमध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट आ.व. २०७९/८० मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानूनमा व्यवस्था भएबमोजिम गर्ने गरी हाललाई प्रचलित कानुनबमोजिम पदपूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरिएको छ ।
.jpg)



















