इन्सेक प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमाथि नो केवलकार समूहका कार्यकर्ताद्वारा आक्रमण

वेलकम खबर
फाल्गुन ८, २०८१

पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई फागुन ८ गते नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।

फुङलिङ नगरपालिका-९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केवलकार समूहका कार्यकर्ताले इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेड क्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका सभापति कमल लिम्बु सवार गाडीमा तोडफोड गरेका छन् ।

आन्दोलनकारीले अधिकारकर्मी सवार मे १ ज २५७९ को गाडी तोडफोड गरेका छन् । तोडफोडबाट गाडीको सबै सिसामा क्षति पुगेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग भएको झडपमा घाइते भएकाहरूको उद्दारका लागि गएका अधिकारकर्मीहरु माथि नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेको इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले बताउनु भयो ।

आन्दोलनकारीको आक्रमणबाट अधिकारकर्मीहरूले प्रयोग गरेको गाडीका सवारी चालक फुङलिङ नगरपालिका-९ का ३५ वर्षीय राजकुमार पौडेल सक्त घाइते हुनुभएको छ ।

पौडेलको उद्दार गरी थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको घटनास्थलमा रहनुभएकी इन्सेक प्रतिनिधि एलिना दियालीले बताउनु भयो ।आन्दोलनकारीले फुङलिङ नगरपालिका-९ का ५० वर्षीय रेडक्रसका सभापति इन्द्र गुरुङ, सोही ठाउँका ३५ वर्षीय कमल लिम्बु, मिक्वाखोला गाउँपालिका-१ स्थायी घर भई फुङ्लिङ नगरपालिका-३ मा बस्दै आउनु भएकी इन्सेक प्रतिनिधि एलिना दियाली र फुङ्लिङ नगरपालिका-९ का ३५ वर्षीय राजकुमार पौडेल माथि नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेका हुन ।

केवलकार निर्माणको विरोध गर्दै आएका मुकुम्लुङ संरक्षण समितिका कार्यकर्ता र सुरक्षाकर्मीबीच ०८१ फागुन ८ गते काफ्ले पार्टी क्षेत्रमा झडप भएको छ ।झडपका क्रममा सशस्त्र प्रहरीका तीन जना घाइते हुनु भएको छ । घाइतेहरूको तत्काल उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको इन्सेक प्रतिनिधि एलिना दियालले बताउनु भयो ।

अधिकारकर्मीको टोलीले आन्दोलनरत पक्षका दुईजनालाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको घटनास्थलमा रहनु भएकी इन्सेक प्रतिनिधिले जानकारी दिनु भएको छ ।गाडीमा तोडफोड भएपछि काफ्लेपाटी क्षेत्रमा यातायात बन्द आह्वान गरिएको यातायात व्यवसायी स‌ंघका अध्यक्ष कुमार लिम्बूले बताउनु भएको छ । -inseconline.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*