केबलकार निर्माण स्थलमा झडप ११ सुरक्षाकर्मी र १ प्रदर्शनकारी घाइते

वेलकम खबर
फाल्गुन ८, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्र काफ्ले पार्टी  केबलकार निर्माण स्थल नजिकै आज सुरक्षाकर्मी र आन्दोलनकारी बीच झडप भएको छ ।
गत माघ ६ गतेबाट सुरु भएको शान्तिपूर्ण पदयात्रा आज टुङ्ग्याउने दिन झडप भएको हो । झडपको क्रममा एकजना आन्दोलनरत पक्षका युवा घाइते हुनुभएको छ भने, सुरक्षाकर्मीका ११ जान घाइते भएका छन् । यो सँगै उक्त घाइतेहरूको उद्धारका लागि गएका एम्बुलेन्स र गाडी मध्ये आन्दोलनरत पक्षले गाडीमा तोडफोड सँगै चालकलाई कुटपिट गरेका छन् । गाडी चालक शक्त घाइते भएको बताइएको छ ।

नो केबलकार समूहले आज आयोजना गरेको पदयात्रा कार्यक्रमको समूह चाहिँ केबलकार निर्माणस्थलमा प्रवेश गर्न खोजेका थिए । सो क्रममा प्रहरीले निर्धारण गरेको निषेधित दूरीभन्दा केही अगाडि जबरजस्ती बढ्न खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । उक्त स्थितिलाई संयमता अपनाउनका लागि प्रहरीले ७ राउन्ड अश्रु ग्याससमेत प्रहार गरिएको थियो । यस पछि स्थिति कोणसभामा परिणत भएको थियो ।  कोणसभा सकिए पछि पनि आन्दोलनरत पक्ष नफर्किए पछि त्यहाँको स्थिति नाजुक नै रहेको छ । गत माघ १२ गते पनि प्रहरी र ‘नो केबलकार’ पक्षधरबीच झडप भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*