करुणा फाउन्डेसनले गरेको कार्यहरु सन्तोषजनक रहेको ताप्लेजुङका सराकोकारवालाको भनाई

मदन गौतम
फाल्गुन ८, २०८१

ताप्लेजुङ । परोपकारी संस्था‘करुणा फाउन्डेसनले गरेका कार्यहरू ताप्लेजुङका सरोकारवालाहरू सनतोषजनक रहेको बताएकाछ ।
सदरमुकाम फुङ्लिङ स्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहिबार सम्पन्न जिल्लास्तरीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले आगामी दिनमा पनि यसलाई निरन्तरता दिनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले प्रदेश सरकार र स्थानीय तहसँग करुणा फाउन्डेसनको सहकार्य हालसम्म सन्तोषजनक रहेको बताउनुभयो । फाउन्डेसन ,प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट अपाङ्गता भएका व्यक्तिहरूले प्राप्त गर्ने लाभ सम्बन्धित व्यक्तिहरूसम्म नै प¥याउनका लागि सम्बद्ध सबै सरोकारवालाहरु जागरुक भएर जानुपर्ने मेय मादेनको भनाइ थियो । साथै उहाँले करुणा फाउन्डेसनले कति काम गर्यो र भन्दा पनि कति काम प्रभावकारी भए र भन्ने कुरालाई सधैं विचार पुर्याउनुपर्ने आशय व्यक्त गर्नुभयो
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको लागि विविध कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाएकोप्रति खुसी व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरूले लिनुपर्ने लाभ अन्य पक्षले लिएको भएमा कारबाही प्रक्रियालाई पनि सहज बनाउनुपर्नेमा सहायक प्रजिअ खड्काको भनाई थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सेवा प्रवाह गर्दा पहिलो प्राथमिकता अपाङ्गता भएका व्यक्तिहरुलाई दिने गरेको र कतिपय अवस्थामा घरमै गएर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा प्रवाह गरिएको सुनाउनुभयो ।
राजनैतिक दलहरूको तर्फबाट आफ्नो भनाइ राख्दै माओवादी केन्द्रका प्रतिनिधि विष्णु हाङ्बाङले राज्यलाई सहयोग गर्न आएको करुणा फाउन्डेसनको कार्य र साझेँदार निकायको मैत्रिपुर्ण सम्बन्ध रहेको उल्लेख गर्नुभयो । गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष खड्कविक्रम सुबेदीले करुणा फाउन्डेसनको हालसम्मको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै स्थानीय तहसँगको सहकार्य अझै राम्रो बन्न सक्नुपर्नेमा भनाइ थियो ।
कार्यक्रममा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत ताप्लेजुङ जिल्लामा आर्थिक वर्ष ८१।८२ को अर्धवार्षिक अवधिसम्मको योजना तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो।
विवरण अनुसार ताप्लेजुङ जिल्लाको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न ४ करोड ४९ लाख ६३ हजार ५० रुपैयाँ विनियोजन भएकोमा हालसम्म ६१ लाख ९ हजार ९ सय५९ रुपैयाँ अर्थात् १५ प्रतिशत बढी खर्च भएको छ । ताप्लेजुङमा फाउन्डेसनले अपाङ्गता पहिचान तथा परिचय वितरण, निशुल्क स्वास्थ्य शिविर , जन्मदोसको पहिचान , सहजकर्ता छनौट ,शिक्षक तथा विद्यालय नर्सलाइ तालिम करुणा फाउन्डेसन जनाएको छ ।
जिल्लाका सबै पालिकाहरूसँगको सहकार्यमा फाउन्डेसनले अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि विविध कार्यक्रमहरू यसै वर्षको सुरुवातबाट लागू गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*