मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा तामाङ

वेलकम खबर
फाल्गुन ८, २०८१

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्र तामाङ चयन हुनु भएको छ । बुधबार सम्पन्न भएको तेश्रो पालिका अधिवेबशनबाट कमिटीको अध्यक्षमा तामाङ सर्वसम्मत चयन हुनु भएको हो ।
तामाङको अध्यक्षतामा उपाध्यक्षत्रय ठाकुरप्रसाद वनेम, रिता शेर्पा, तुलशा बिक, सचिव पुर्नध्वोज वनेम, सहसचिव कृष्ण वनेम कोषाध्यक्ष सुरेन्द्र कुमार वनेम सहित ३९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । गाउँपालिकाको केन्द्र साँघुस्थित नारायाणी माद्यमिक बिद्यालयको प्राङगणमा आयोजित अधिवेशनको उद्धघाटन माओवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नु भएको थियो । उद्धघाटन समारोहमा स्थानीय जातजातिमा आधारित संस्कार संस्कृतिका नृत्य समेत प्र्रस्तुत गरिएको थियो । पालिका कमिटीको अधिवेशन वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सहित केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, प्रदेश तथथा जिल्लास्तरीय नेताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रले ९ ओटा स्थानीय तह रहेको ताप्लेजुङमा ४ ओटा पालिकाको अधिवेशन सम्पन्न गरेका छन् । यसअघि सम्पन्न फुङलिङ नगरपालिका कमिटीको अध्यक्षमा जितेन चेम्जोङ, पाथीभरा याङवरक गाउँपालिकाको कमिटीको अध्यक्षमा हर्क लिम्बू र सिरिजंघा गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञानु ताम्लिङ चयन हुनु भएको छ । यस्तै आगामी फागुन १० मिक्वाखोला गाउँपालिका, १६ गते सिदिङबा गाउँपालिका र २४ गते फक्ताङलुङ गाउँपालिकाको पालिका अधिवेसन गर्ने तयारी भईरहेको नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*