केवलकार निर्माण हुनुपर्छ : श्रेष्ठ

वेलकम खबर
फाल्गुन ७, २०८१

ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नानारायणकाजी श्रेष्ठले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माणमा गोली चल्नु दुखद भएको टिप्पणी गर्नुभयो। फुङलिङमा प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्थानीय समुदाय र निर्माण कम्पनी बीच संवाद सहकार्य र सहमतिमा केवलकार निर्माण हुनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले दुई दलीय तानाशाही व्यवस्था लागु गर्न प्रयास भइरहेकोले रोक्ने प्रतिवद्ध जनाउनुभयो। पूर्वमन्त्री श्रेष्ठले वर्तमान सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको र निरंकुशता बढाएको आरोप लगाउनुभयो ।अहिले नेकपा माओवादी सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताउनुभयो ।

पूर्वमन्त्री श्रेष्ठले पार्टीभित्रका व्यक्तिवाद गुटबन्दी , पुँजीवादलाई परास्त र निरुत्साहित गर्दै संगठन बलियो बनाएर आर्थिक सामाजिक रूपान्तरणको नेतृत्वमा केन्द्रित रहेको बताउनुभयो। पूर्वमन्त्री श्रेष्ठले वर्तमान सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको र निरंकुशता बढाएको आरोप लगाउनुभयो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचन प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग निरन्तर संवाद भइरहेको समेत जनाउनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*