‘नदीको यात्रा’ कविता सङग्रह विमोचन
ताप्लेजुङ । सिरिजङगा गाउ“पालिका ४ तेल्लोकमा जन्मिनु भएका कवि निमेष अविरल (रुकमान थेबे) को ‘नदीको यात्रा’ कविता सङ्ग्रह विमोचन गरिएकोछ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले बुधबार एक कार्यक्रम आयोजना गरि विमोचन गरेको कविता दुई खण्डमा लेखिएकोछ ।
१७० पृष्ठको पुस्तकको पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीति गरी ८६ वटा कविता रहेकाछन् । सदरमुकाम फुङ्लिङमा आयोजीत कार्यक्रममा साहित्यकारहरुले विमोचनका साथै कविता वाचन गरेका थिए । माता पिताको नाममा कवि अविरलले प्रकाशन गरेको हुन ।
कविता सङ्ग्रह अग्रज साहित्यकार तथा सङ्गीतकार भरत गुरुङको प्रमुख आथिथ्यतामा विमोचन भएको हो । उक्त कार्यक्रममा कवि दुःखी महल तिम्सिना र ताप्लेजुङका लेकाली कान्छा मुक्कुम लगायत साहित्यकारहरुको उपस्थिती रहेको थियो । शिक्षक पेशामा आबद्ध अविरलले विद्यालय र घर व्यवहारवाट वचेको समयलाई साहित्य सृजनामा लगाएको उल्लेख गरे । पहिलो कृति मार्फत जिल्लाको साहित्य क्षेत्रमा जोडिएको उनले वताए ।



















