उद्घाटनका क्रममा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, अस्पताल लगियो
वेलकम खबर
फाल्गुन ३, २०८१
पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए ।




















