कोशी प्रदेशको चौतारी पुरी

वेलकम खबर
माघ ३०, २०८१

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् । बुधबार विराटनगरमा सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट पुरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । पुरी यसअघि उपाध्यक्ष थिए ।

तारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी, प्रदेश सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती  र   कोषाध्यक्षमा विशाल नेम्वाङसहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएकाे हाे । अधिवेशनमा आयोजक र प्रतिनिधि गरि १५६ जना सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*