शक्तिखोर बजारलाई सौराह पछिको पर्यटकीय गन्तव्य बनाउन लागि परे नगर प्रमुख रेग्मी
काठमाडौँ । चितवनको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले कालिका नगरका प्रमुख पर्यटकीय क्षेत्रमा पर्यटकहरूको चहलपहल बढाउन लागि पर्नु भएको छ ।
कालिका नगरपालिकाका पर्यटकीय गन्तव्यहरू सिन्ती झरनादेखि कालिका भगवतीमाई सम्म, शक्तिखोरदेखि सिद्धिको पहाडी पदमार्गसमेत पर्यटकहरूको चहलपहल बढाउन दिनरात मेहनत गरिरहनु भएको छ ।
नगर प्रमुख रेग्मीले पर्यटकहरूलाई आकर्षित गर्नका लागि नगरपालिकाले पर्यटन क्षेत्रमा ठूलो लगानी जानकारी दिनुभयो । ‘नगर प्रमुख रेग्मीले सौराहापछिको अर्को प्रमुख पर्यटकीय कालिकाको शक्तिखोर बजारलाई बनाउन लागि परेको स्थानीयवासीको भनाई छ ।
नगरप्रमुख रेग्मीले ‘चेपाङ समुदायको आर्थिक अवस्थालाई बढाउन चिउरी, चमेरो र चेपाङ कार्यक्रम अगाडि बढाएका छौँ, यहाँका चिउरीले समेत पर्यटक लोभ्याइरहेको जानकारी दिनुभयो ।
मेयर रेग्मीले कालिका मन्दिर ‘हजारौँ मानिसको उपस्थितिमा मन्दिरको उद्घाटन गरेको जानकारी दिदै मन्दिरको नामबाट कालिका नगरपालिकाको नामकरण भएको उल्लखे गदै कालिका मन्दिरले समेत कालिकामा पर्यटक लोभ्याउने एक उत्कृष्ट स्थल भएको जानकारी दिनुभयो ।
नगर प्रमुख रेग्मीले शक्तिखोरलाई केन्द्र मानेर यस वरपर झन्डै १० करोडको बजेट भौतिक पूर्वाधारमा लगाइएको छ । ।शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटकसमेत भित्र्याउन र सौराहापछिको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना कालिका नगरपालिकाले बनाएको छ ।
‘विगतमा कालिकाका पर्यटकीय गन्तव्यमा पुग्न सडक पूर्वाधारको अभाव थियो, अहिले समस्या छैन । सबै ठाउँमा सडक पुगेका छन्, खानेपानी र बिजुली लगभग सबै भेगमा छ । तीन स्टारसम्मका होटल, लजहरू खुलेका छन्’, नगरप्रमुख रेग्मीले भन्नुभयो नगरका पर्यटकीय क्षेत्र देउजर, पाइमाराङ, मझवाङ, दौत्य, गामिङदुङ, छेरवाङ तथा लोतौतीमा पर्यटन सडक निर्माण भएका छन् ।’ उहाँले कालिका नगर नै पर्यटकीय गन्तव्य रहेकाले योजना बनाएर नमुना विकासको मोडेललाई अघि सारेको बताउनुभयो ।
यसबाहेक नगरका भीमवली बाबा, नागदह, चमेरे गुफा, उदयपुर फनपार्क, चित्राम झरना, सिन्ती झरना, सम्फ¥याङका प्राकृतिक छटाहरुले पनि पयर्टक लोभ्याइरहेका छन् । यहाँको चेपाङ संस्कृतिलाई पनि पर्यटकसँग जोड्न सकिन्छ । पहाडी क्षेत्रमा रहेका चेपाङको रहनसहनले पनि पर्यटकलाई लोभ्याउँछ । पहाडमा फुलेका चिउरीबाट मह निकाल्न कालिकाको सिद्धिस्थित प्रत्येक घरमा देशभरका किसान आउँछन् ।यहाँको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । कालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झन्डै २४ किलोमिटर पूर्वमा पर्छ । गर्मी मौसम लागेसँगै झरनामा रमाउन आउने आन्तरिक पर्यटकको घुइँचो नै लाग्छ । कालिका नगरपालिकाको ११ नं वडामा रहेको वाङ्थलामा पछिल्लो समय पदमार्ग बनेको छ । पहाडी रहनसहन हेर्दै वाङ्थला पुग्दाको क्षण अत्यन्तै रमाइलो छ -chitwanpost



















