नो केबलकार र गृहमन्त्री बीचको वार्ता सकरात्मक
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक भएको छ ।
वार्तामा सहभागी सांसद योगेश भट्टराईका अनुसार गृहमन्त्री माघ १२ गतेको घटना दुखत भएको उल्ले्ख गदै घाईतेको सवै उपचार सरकारले गर्ने बचन दिएको बताउनुभएको छ । उहाँका अनुसार आन्दोलनले थप विरोधका कार्यक्रम स्थगित गर्ने र वार्तालाई निरन्तरता दिइ बीचमा रहेर सम्झौता गर्ने सहमति भएको छ ।‘वार्ता एकदमै सकारात्मक भयो । गृहमन्त्रीजीले आन्दोलनकारीले पनि अडान छाड्नुपर्ने र वार्तामार्फत सहमति गर्नुपर्ने बताउनु भयो ।
गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा निर्माण गरेको समिति अधिकार सम्पन्न समिति भएको उल्लेख गदै सो समितिलाई थप अधिकार दिने समेत गृहमन्त्रीले बताएको सांसद भट्टराई जानकारी दिनुभयो । ताप्लेजुङ्ग जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव योगेश भट्टराई,ताप्लेजुङकै अर्का सांसद उर्मिला थेबे गृह प्रवक्ता रामचन्द्र तिवारी रहेका छन् ।
त्यस्तै, आन्दोलनरत पक्षबाट आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा आङकाजी शेर्पा, रमेश राईलगायत करिब १० जनाको उपस्थिति रहेको थियो ।



















