पाथीभरालाई जोडेर राजनीति नगर्न मेयर मादेनको सबैलाई आग्रह 

वेलकम खबर
माघ २८, २०८१

ताप्लेजुङ  । फुङलिङ  नगरपालिका प्रमुख अमिर मादेनले पाथीभरालाई जोडेर राजनीति नगर्न सबैलाई  आग्रह गर्नु भएको छ । नगर प्रमुख मादेनले आज ताप्लेजुङमा  पाथीभरामा निर्माणाधीन केबलकारको विषयमा पत्रकार सम्मेलन गदै सो कुरा आग्रह गर्नु भएको हो । 


नगर प्रमुख मादेनले आफ्नो सन्ततीको लागि पनि जिल्लाका विकास गर्नुपर्ने धारणा राख्दै नो केबलकार पक्षलाई जिल्लाको विकास नरोक्न अनुनय विनय गर्नुभयो ।  जिल्लाको विकास भनेकै केबलकार भएको उल्लेख गदै पाथीभरा केबलकार निर्माण भएमा कोशी प्रदेशकै विकास हुने भएकोले विकास नरोक्ने आग्रह समेत गर्नुभयो ।
प्रमुख मादेनले नो केबलकार तथा लिम्बू समुदायका मानिसलाई लडाइ तर्फ जानु भन्दा लिम्बू समुदायको पहिचान रक्षाका लागि के गर्न सकिन्छ भनेर सोच्न आग्रह गर्नुभयो । पाथीभरामा केबलकार निर्माण मात्रै नगर्ने हो भने जिल्लाको भविष्य अन्धकार हुन्छ  अन्य जातजाति बसाइ सर्छन्  सबैले छोड्छन् अनि हामी लिम्बू मात्रै बस्ने हो उहाँको  प्रश्न हो थियो । उहाँले केबलकार निर्माण भयो भने मात्रै जिल्ला आर्थिक  चलायमान हुने दाबी गर्नुभयो  ।
उहाँले  देश भित्र र देश बाहिर आन्दोलन गर्ने सबैलाई जिल्लाको बारेमा बुझेर मात्रै आफ्नो अभिव्यक्ति दिन आग्रह गर्नुभयो । सवैले सामाजिक सद्भाव र  धार्मिक सहिष्णु जागृत गर्न र पाथिभराको महिमाको लागि पनि केबलकार निर्माण गर्न दिनु पर्ने धारणा व्यक्त गर्नुभयो  ।  पाथीभरा माता कुनै जात धर्मको नहुने उल्लेख गर्दै पाथीभरा माता सबैको साझा भएको बताउनुभयो । जिल्लामा आएको विकासलाई सबै  जिल्लावासी नै मिलेर सहयोग गर्नुपर्ने  धारणा समेत  ब्यक्त गर्नुभयो ।   
वार्ता र सहमतिबाट चाँडो टुङोमा पुग्न समेत आन्दोलनरत पक्ष र सरकारलाई आग्रह गर्नुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*