को को थिए गृहमन्त्री भेट्न योगेश भट्टराईलाई आग्रह गर्ने पहिचान पक्षधर नेताहरु
काठमाडौ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनरत पक्षधरले ताप्लेजुङका प्रतिनिधिसभासभा सदस्य योगेश भट्टराईसँग छलफल गरी गृहमन्त्री रमेश लेखकसँग भेटने समय मिलाएको छ ।
आन्दोलनरत पहिचान पक्षधरका आङकाजी शेर्पा, नेपाल आदिवासी जनजाति महांसघका अध्यक्ष ग्याल्जेन शेर्पा,किराँत याक्थुम चुम्लुङका सचिव भवानीविक्रम सम्बाहाम्फे, किराँत याक्थुम चुम्लुङका सचिवालय सदस्य रेश्मा काङवाङ लिम्बुले हिजो प्रतिनिधिसभासभा सदस्य भट्टराईलाई सिहदरवादमा भेट गरेका थिए ।
सिहदरवार भित्र छलफल गर्ने उचित स्थान उपलब्ध नभएपछि प्रतिनिधि सभा भट्टराईसँग अनामनगरको एक होटलमा करिब २ घण्टा छलफल भएको थियो । छलफलमा आन्दोलनरत पक्षधरले पाथीभरा देखिएको समस्या समाधान गर्न नेता भट्टराईसँग पनि आग्रह गरेका थिए । नेता भट्टराईले पनि जिल्लामा देखिएको समस्या र समाधानका बाटोको बारेमा विस्तृत रुममा सुझाव दिएका छलफलमा सहभागीले वेलकमखबरलाई जानकारी दिएको छ ।
पहिचान पक्षधरका नेताहरुले गृहमन्त्रीसँग भेटघाटको लागि वातावरण मिलाईदिन आग्रह गरेका थिए । छलफलकै क्रममा भट्टराईले गृहमन्त्री लेखकलाई फोन गरी आन्दोलनरत पक्षसँग छलफल गर्न समय माग गरेपछि आज सोमवार बेलुका ६ बजे भेटने गरी समय मिलेको छलफलमा सहभागीले जनाएका छन ।
आन्दोलनरत पक्षधरले सरकार निर्माण गरेका वार्ता समितिसँग २७ अर्को पुन वार्ता गर्ने गरी ६ बुँदे सहमति गरेका थिए तर बीचमा सो समितिसँग वार्ता नगर्ने मन्त्रीसँग मात्रै वार्ता गर्ने निष्कर्षमा आन्दोलनरत पक्ष पुगेपछि आज गृहमन्त्रीले आन्दोलनरत पक्षसँग छलफलका लागि समय मिलेको हो ।



















