नो केबलकार पक्षधरहरु मन्त्रीसँग मात्रै वार्ता गर्ने

वेलकम खबर
माघ २५, २०८१

ताप्लेजुङ ।  पाथीभरा क्षेत्रको केबलकार निर्माणको विषयमा देखिएको विवाद समाधानका नेपाल सरकारका सहसचिव नेतृत्वको टोलीसँग माघ २२ गते राति ६ बुँदे सहमति गरेको आन्दोलन पक्षले मन्त्री स्तरीय वार्ता समिति गठनको माग गरेको छ।

शुक्रवार आन्दोलनरत घटकहरूका तर्फबाट जारी विज्ञप्तिमा कर्मचारी स्तरको वार्ता टोलीबाट समस्या समाधान नहुने निष्कर्ष आफूहरूले निकालेको भनिएको छ। माघ २२ गते राति भएको सहमति अनुसार पाथीभरा केबलकार निर्माणमा भएका असहमति लगायतका विषयमा माघ २७ गते बस्ने वार्तामा छलफल गर्ने भनिएको छ।

आन्दोलनरत घटकहरूले मुक्कुमलुङको संरक्षण तथा केबलकारको खारेजी जस्ता गम्भिर विषयहरूको दिगो स्थायी समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गरी आउँदो २७ गते सोहि मन्त्रिस्तरीय वार्ता टोलीसँग वार्तामा बस्ने विज्ञप्तिमार्फत जनाएका छन्। आन्दोलनरत पक्षले केबलकार स्टेसनमा १० दिन सम्म काम रोक्ने मौखिक सहमति भएपनि यसको इमानदार कार्यान्वयन नभएको दाबी समेत गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*