कांग्रेस नेता मीन विश्वकर्माविरूद्ध मेयर साम्पाङले हाले अख्तियारमा उजुरी

वेलकम खबर
माघ २५, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सत्तारुढ नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। धरान खानेपानी योजनामा २४ करोड रुपैयाँको अनियमितता भएको आरोप लगाउँदै साम्पाङले विश्वकर्मामाथि छानबिनको माग गरेका हुन् ।

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत एक अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले उक अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ । बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङको माग छ ।

हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरीको जानकारी दिँदै साम्पाङले लेखेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौं कतिको इमानदार भएर काम गर्दो रैछ । २४ करोडको हिनामिना देखिन्छ यहाँ ।’ साम्पाङले यस विषयमा छानबिन गर्न अख्तियारलाई दबाब दिन सबैलाई आग्रह पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*