‘चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास भइरहेको छ, यो खेदजनक छ’

वेलकम खबर
माघ २४, २०८१

काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले पाथिभरामा केवलकार निर्माणको विषयलाई लिएर आफूमाथि नकारात्मक टिप्पणी भइरहेको भन्दै खेद प्रकट गरेका छन् । सामाजिक सञ्जालमा चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास भइरहेकोमा दुःख व्यक्त गर्दै ढकालले यो प्रयास खेदजनक रहेको बताएका हुन् ।

‘सामाजिक सञ्जालले चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास गरिरहेको छ, जुन खेदजनक छ’ उनले भने, ‘वैदेशिक रोजगारको जागिर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएको मान्छे, अहिले हजारौंलाई रोजगार दिइरहेका छु । तर आज सामाजिक सञ्जालमा मेरो विषयमा गलत सन्देश फैलिएको छ ।’

अध्यक्ष ढकालले पाथीभरामा केवलकार बनाउने सन्दर्भमा भइरहेको विवादलाई देखाएर गलत प्रचार भइरहेको जनाउँदै वास्तविकता एकातिर हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गलत देखाउन खोज्नु राम्रो नभएको बताए । पाथीभरा केवलकारमार्फत त्यस क्षेत्रमा यातायातको सुविधा मात्र दिन खोजिएको भएपनि धर्मको नाममा गलत सन्देश फैलाउन खोजिनु चिन्ताको विषय भएको समेत उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*