पक्राउ परेका तीन जना छुटे

ताप्लेजुङ । पाथीभरा केबलकारको विषयलाई लिएर विवाद हुँदा पक्राउ परेका पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक सहित तीनजना रिहा भएका छन ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले पहिचानवादी मोर्चाका जिल्ला संयोजक प्रदीप मादेन९नानी० सहित तीनजना बुधवार रिहा हुनु भएको जानकारी दिनुभयो । तीनैजनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको जानकारी दिनुभयो ।
नेपाल सरकार र नो केबलकार बीच मङ्गलवार काठमाडौँमा भएको सहमति अनुसार पक्रा परेको सबै रिहा भएका हनु ।
सूचना अधिकारी बस्नेतका अनुसार मादेन १० हजार रुपैयाँ धरौटीमा छुट्नु भएको छ । यस्तै सिदिङ्वा गाउँपालिका वडा नं ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा छुट्नु भएको छ ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटना पछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीनजनालाई नियन्त्रणमा लिएको थियो ।