यसरी मनाइयो भानु हीरक जयन्ती (फोटो फिचर तथा भिडियो सहित)

वेलकम खबर
माघ २३, २०८१

काठमाडौँ । ताप्लेजुङको भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा  भानु अल्मुनाईले काठमाडौँमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।  भानु अल्मुनाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमामा भव्य कार्यक्रम सम्पन्न गरेको हो ।

हीरक जयन्तीको अवसरमा प्रकाशित भानु स्मारिका सभामुख देवराज घिमिरेले विमोचन गर्न भएको छ । सभामुख घिमिरेले अल्मुनाई समाजले काठमाडौँमा गरेको कामको शुभकामना दिनु हुँदै २००६ सालमा स्थापना भएको भानुको स्मरण गदै धेरै प्रतिभा भानुले जन्माएको उल्लेख गदै  आफूले अध्ययन गरेको विद्यालयका लागि केही योगदान गर्न सके आफूले अध्ययन गरेको सार्थकता पाउने उल्लेख गर्नुभयो ।


कार्यक्रम भानु माविका पूर्व प्रधानअध्यापक नन्दकुमार प्रसाई आफूले विगतमा भानुमा अध्यापन गर्दाको स्मरण गर्दै भानुको लागि योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो त्यस्तै अर्का पूर्व प्रअ विमला सुब्बा भानुमा प्रअ हुदाँको क्षणको स्मरण गर्दै भानु स्मारिका अध्ययन गर्न सवैलाई आग्रह गर्नुभयो ।


भानु स्मारिकाको समालोचना भानु माविका पूर्व विद्यार्थी प्राध्यापक डाक्टर रमेश भट्टराईले गर्नु भएको थियो । विमोचन कार्यक्रममा स्वागत मन्तव्य अल्मुनाईका सदस्य डेलमान गुरुङले गर्नु भएको थियो भने सञ्चालन अल्मुनाइका सचिव टंक श्रेष्ठले गर्नु भएको थियो । उपस्थित हुने सबैलाई अल्मुनाई समाजका सदस्य तथा आर्थिक समितिका संयोजक ध्रुवनारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


सो कार्यक्रमको सभापति अल्मुनाईका अध्यक्ष ईन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठले गर्न भएको थियो  । १२६ जनाको स्मरण लेख रहेको भानु पुस्तकमा ६६६ पेजको रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु