वेलकमखबरका दुई जना सहित ३ जना पत्रकार पुस्कृत एक जना सम्मानित

ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङले प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारेर वेलकमखबरका दुई जना पत्रकार सहित तीनजना पत्रकारलाई पुरस्कृत गरेको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वाका अनुसार स्थापना दिवसको अवसरलाई ४ पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको हो । पालुङ्वाका अनुसार १० हजार १ सय ५ रुपैयाँ राशीको जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा वेलकमखबर डटकमका सञ्चालक सम्पादक राजेन्द्र श्रेष्ठलाई प्रदान गरिएको छ ।
यातायात बन्दका कारण कार्यक्रममा उपस्थित हुन नसक्नु भएका पत्रकार श्रेष्ठको सम्मान उहाँकी आमाले ग्रहण गर्नु भएको छ ।
त्यस्तै १० हजार १ सय ५ रुपैयाँ राशीकै भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल ताप्लेजुङका उपाध्यक्ष तथा पत्रकार महासंघ ताप्लेजुङका कोषाध्यक्ष तथा वेलकमखबरका संवाददाता मदन गौतमलाई प्रदान गरिएको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङको आफ्नै स्रोतबाट व्यवस्थापन भएको प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार पत्रकार लोकेश लिवाङलाई दिईएको छ । १० हजार १ सय ५ रुपैयाँ राशीको उक्त पुरस्कार प्रेस चौतारी नेपाल ताप्लेजुङले चौतारीइतर संगठनका सक्रिय पत्रकारलाई बितरण गर्दै आईरहेको छ ।
प्रेस सेन्टरमा आबद्ध लिवाङ रेडियो कावेलीमा कार्यरत हुनुहुन्छ । उहाँको अनुपस्थितमा यो पुरस्कार रेडियो काबेलीका सञ्चारकर्मी शंकर शेर्पाले ग्रहण गर्नु भएको छ ।
प्रेस चौतारी ताप्लेजुङले पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा निर्वाचित सुवास आचार्यलाई समेत स्थापना दिवसकै अवसरमा सम्मान गरेको छ । आचार्य प्रेस चौतारी नेपालका केन्द्रीय महाधिबेशन प्रतिनिधि हुनुहुन्छ ।
एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सांसद तिलकुमार मेन्याङ्वो,प्रेस चौतारीका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी,पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,प्रेस चौतारीका कोशी प्रदेश समिति सदस्य केशवप्रसाद भट्टराई सहित,प्रेस चौतारीका जिल्ला अध्यक्ष पालुङ्वाले उक्त पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्नु भएको छ ।