झापामा प्रहरीले एक जनालाई हान्यो गोली, दुई जना पक्राउ

वेलकम खबर
माघ २२, २०८१

झापा । झापामा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन् । । प्रहरीले पाँच राउण्ड गोली चलाएको हो।

झापाको कन्काई नगरपालिका–४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । कनकाईमा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए।

त्यस क्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले गोली चलाएको थियो । तर पनि भागेपछि दुई राउण्ड गोली हानेर लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । एक जनाको खुट्टामा दुई गोली लागेको छ। दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम छन् । एक जनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको एसपी केसीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*