प्रेस चौतारी ताप्लेजुङमा पून पालुङवा
ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङको छैटौं जिल्ला अधिबेशनले पुन बसन्त पालुङ्वा अध्यक्ष रहेको १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
निर्वाचन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीका अनुसार समितिको उपाध्यक्षद्धयमा मदन गौतम र साहारा लङ्वा,सचिवमा तेञ्जिङ पाङ्कर्मा शेर्पा,सहसचिवद्धयमा किरण विक र सुनिता रसाइली तथा कोषाध्यक्षमा संगिता कार्की रहेका निर्वाचित भएको हो ।
समितिमा नारद गुरागाँई,हेमराज निरौला,सोनिया तामाङ,लक्ष्मण पौडेल,मिङ्माखाण्डु शेर्पा (शर्मिला) र रोमन बोखिम रहनु भएको छ । अधिबेशनले रवीन भट्टराई, सुवास आर्चाय र गंगा लिङखिमलाई केन्द्रिय परिषद् सदस्य तथा मदन गौतम,किरण विक र सुनिता रसाइलीलाई प्रदेश अधिबेशन प्रतिनिधिको रुपमा चयन गरेको छ ।अधिबेशनका लागि प्रेस चौतारीका केन्द्रीय सदस्य अधिकारीको संयोजकत्वमा प्रेस चौतारीका कोशी प्रदेश सदस्य केशवप्रसाद भट्टराई तथा प्रेस चौतारी नेपाल ताप्लेजुङका निवर्तनमान उपाध्यक्ष अमृता थलङ सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।
नवनिर्वाचित अध्यक्ष पालुङ्वाले पत्रकारिता क्षेत्रको संस्थागत विकास र उन्नयनमा प्रेस चौतारीको नवनिर्वाचित कार्य समिति प्रतिबद्ध र कटिबद्ध ढंगले लाग्ने विश्वास लिनुभयो ।
यसअघि अधिबेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् प्रदेशसभामा सांसद तिलकुमार मेन्याङ्वो,प्रेस चौतारीका केन्द्रीय सदस्य अधिकारी,एमाले ताप्लेजुङका सचिव सन्तोष चाम्लिङ,उपसचिव तथा जनवर्गिय संगठन मोर्चा प्रमुख गोपाल न्यौपाने,पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,आदिवासी जनजाति पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष दिलकुमार फेम्बो,प्रेस युनियन ताप्लेजुङका सचिव तरुण भारती सहितले अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।



















