माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

वेलकम खबर
माघ २२, २०८१

काठमाडौं  । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निजी निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएकाे हाे ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएकाे छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ । उनका अनुसार फागुन ९ गते साे भेला हुने भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*