सरकार र मुुक्कुम्लुङ सर्घष समितिले बनाए वार्ता टोली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण सम्बन्धमा भएको विवाद समाधान गर्न सरकार पक्ष र नो केबलमकार पक्षले आफ्नो वार्ता समिति गठन गरेको छ ।
सरकाले गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा समिति निर्माण गरेको हो र सो समितिको सदस्यहरुमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेन्द्रकुमार सापकोटा,संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका उप सचिव राकेश गुरुङ र सहरी विकास मन्त्रालयका डिई झपपसिं विश्वकर्मा रहुनु भएको छ । त्सस्तै ‘मुक्कुमलुङ संरक्षक संस्थाका तर्फबाट
अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गएको छ । सो समितिमा राम मादेन, सरु सिङ्घक र शंकर सुब्बा सदस्य छन्।
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम अघि बढेपछि त्यसको विरोधमा उत्रिएको ‘नो केबलकार’ समूह र प्रहरीबीच अघिल्लो शनिबार भएको झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए।
गएको शनिबार बेलुका ६ बजेपछि भएको झडपमा कम्तीमा १९ प्रहरी घाइते भएका थिए। उक्त घटनामा तेह्रथुमको म्याङलुङ बजारका ३६ वर्षीय यामबहादुर लिम्बूको तिघ्रा र पाँचथरको मिक्लाजुङका १८ वर्षीय सगुन लावतीको कुममा प्रहरीले चलाएको गोली लागेको थियो।
झडपका क्रममा भिरबाट लडेका ताप्लेजुङ बस्ने धर्म पालुङ्वाको कुम (ब्यूटी बोन०)मा चोट लागेका कारण उनी पनि गम्भीर छन्। फुङ्लिङ नगरपालिका–११ मा केबुलकारको संरचना निर्माण कार्य सुरू भएपछि घरेलु हातहतियारसहित ठूलो संख्यामा रहेको आन्दोलनकारी समूहले बलजफ्ती गरेको र खटिएका प्रहरी अधिकृतहरूमाथि समेत अन्धाधुन्ध आक्रमण गरेको प्रहरीको दाबी थियो।
आन्दोलनकारी पक्षले भने आफूमाथि बल प्रयोग भएपछि झडपको अवस्था बनेको दाबी गरेका थिए। सोही घटनाको विरोधमा आन्दोलनरत विभिन्न संघसंस्थाहरूले मेची राजमार्ग र तमोर करिडोरको सडकमा अनिश्चितकालका लागि यातायात बन्दको घोषणा गरेका छन्। वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्न तयार रहेको बताए पनि समितिले बन्द फिर्ता भने लिएको छैन।




















