भरुवा बन्दुकसहित एकजना पक्राउ

वेलकम खबर
माघ २०, २०८१

ताप्लेजुङ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अवैध रूपमा लुकाएर राखेको भरुवा बन्दुकसहित एकजनालाई पक्रउ गरेको छ।

पाथीभरा याङवरका गाउँपालिका–१, नाङखोल्याङका ४० वर्षीय बृखराज राईलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलसहितको टोलीले राईको घरमा लुकाइछिपाई राखेको अवस्थामा बन्दुक बरामत गरी उनलाई गिरफ्तार गरेको हो। पक्राउ परेका राईलाई मुलुकी संहिता ०७४ बमोजिम हातहतियार तथा खरखजाना ऐनअन्तर्गत छानबिन गरिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*