भाउजूलाई कुटपिट गर्ने देवर पक्राउ

वेलकम खबर
माघ २०, २०८१

ताप्लेजुङ । घरायसी विवादका कारण भाउजूलाई कुटपिट गरेको आरोपमा देवर पक्राउ परेका छन् । भाउजूलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार भाउजूलाई कुटपिट गरेको आरोपमा फक्ताङलुङ गाउँपालिका -२ खेजेनिमका ५७ वर्षीय बिष्णुकुमार लिम्बूलाई नियन्त्रणमा लिइएको हो ।

उनले ५६ वर्षीया भाउजू सुकमाया लिम्बूलाई काठको आग्लोले प्रहार गरेको र अनुहार सहित शरीरका विभिन्न भागमा निलडाम रहेको निरिक्षक शर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*