तत्काल वार्ताबाट समस्या समाधान गर्न गृहले पत्र पठायो
ताप्लेजुङ । गृहमन्त्रालयले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणका सम्वन्धमा देखिएको समस्याको आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
केवलकार नियमनको बिषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तगर्त पर्ने भएकोले स्थानीय रुपमा उठेका सवाल र सरोकारका बिषय समेतलाई ध्यान दिई सरोकारवालासंग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन पत्रमा भनेको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासंग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन निर्देशानुसार अनुरोध गर्नु पत्रमा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभाका सांसद योगेशकु भट्टराईले प्रतिनिधिसभामा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने आफुसहित लिलादेवी बोखिम र उर्मिला थेबेसहित सांसदको गृह मन्त्रालयसंगको निरन्तरको सम्बाद र गृह र संघीय मामिला मन्त्रालयको तदारुकता अघि बढेको जानकारी दिनुभयो ।
पाथीभरामा गत १२ गते प्रहरी र सुरक्षाकर्मी बीच झडप हुदाँ प्रहरी र नो केबलकार २१ जना घाईते भएको थिए । सो बेला प्रहरीको गोली लागि घाईते भएका २ जनालाई टिचिङ अस्पताल महाराजगंञ्जमा उपचार भई रहेका छ भने नो केबलकार समूहका तीन जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । केबलकार निर्माण हुन हुदैन भन्दै १५ गते देखि मेची राजमार्ग तथा तमोर करिडोर नो केबलकार समूहले अनिश्चित कालका लागि बन्द गरेका छ ।



















