ताप्लेजुङको देखिएको समस्या वार्ताद्वारा समाधान गरौँ : योगेश भट्टराई

वेलकम खबर
माघ १५, २०८१

काठमाडौं । ताप्लेजुङका पाथीभरा भएको घटनालाई लिएर काठमाडौँमा छलफल भएको छ । जिल्ला समन्वय प्रमुख छिरिङ लामाको समन्वयमा काठमाडौँमा सांसद तथा सरोकारवालाहरूसँग छलफल भएको हो ।
काठमाडौमा उपलब्ध ताप्लेजुङका सांसदहरू प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराई कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री निर्मला तावा लिम्बुसँग समन्वय प्रमुखले छलफल गरेका हुन ।
ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङ र ताप्लेजुङ समाज नेपालका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, पाथीभरा क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक मनमणि काफ्ले लगायतको उपस्थितिमा छलफल भएको हो ।
छलफलमा सांसद भट्टराईले जिल्लामा भित्रने लगानी कर्ताहरूलाई कसैले पनि हतोत्साहित गर्न नहुने उल्लेख गर्दै आन्दोलनको नाममा कसैले पनि जातीय र राजनीतिक रङ दिनु नहुने बताउँदै  पाथीभरामा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्ने धारणा राख्नु भएको छलफलमा सहभागी ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष सन्तोष मादेनले जानकारी दिनुभयो
त्यस्तै प्रदेशसभा सदस्य तावाले प्रशासनले गोली हानेर गल्ती गरेको बताउँदै चाँडो भन्दा चाँडो वार्ता र संवाद मार्फत टुङ्गोमा पुग्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*