एमाले संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ?

वेलकम खबर
माघ १५, २०८१

काठमाडौं । सत्तारूढ नेकपा एमाले संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ । एमाले संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो । आसन्न संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ । आजको बैठकमा आगामी अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने उनले जानकारी दिनुभयो ।

सरकारले संसद छलेर अध्यादेश जारी गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ विपक्षी दलले सदनमा प्रमुखरूपमा आवाज उठाउन लागेका छन् । एमालेले सरकारले जारी गरेको अध्यादेशको प्रतिरक्षा गर्ने गरी तयारी गर्न संसदहरूलाई निर्देशन दिने तयारी गरेको हो संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरू हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*