नो केवलकार पक्षधरले गरे अनिश्चितकालीन बन्दको घोषणा(विज्ञप्ती सहित)

वेलकम खबर
माघ १३, २०८१

ताप्लेजुङ। पाथीभरा क्षेत्रमा निर्माणधिन केबलकारको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केवलकार पक्षधरले पाथीभरा (मुकुम्लुङ)मा केबलकार निर्माण खारेज गरी, प्रहरी नियन्त्रणमा लिएका पहिचान पक्षधरको कार्यकर्ताहरूलाई बिनासर्त रिहाई गर्नुपर्ने माग गर्दै माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्द सँगै सात बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

 पहिचान पक्षधरले आज एक विज्ञप्ति प्रकाशित गर्दै  १५ गते देखि मेची हाईवे, तमोर करिडोर तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका बन्दको घोषणा गदै  माघ १४ गकोशी प्रदेको आठ जिल्लमा रहेका ग्लोबल आईएमई बिङमा दिउसो १ बजे धर्ना दिने, पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने, जिल्लाका सिडियो र डिएसपीले माफी माग्नु पर्ने, फुङ्लिङ नगरपालिका मेयर अमिर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने लगायतका  कार्यक्रम घोषणा गरेका छन ।
विज्ञप्तिमा  मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री प्रसाद लिम्बू,  पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक  खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समितिका अध्यक्ष तथा पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका  प्रेम  येक्तेन,  थरगत संस्था याक्थुङ सयङ सहजीकरण समूहका नन्द कन्दङवा,  र  किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिं थेगिमले हस्ताक्षर गरेका हुन ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*