फुङ्लिङ नगरपालिको को १७ औँ नगर अधिवेसन सम्पन्न
ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिको को १७ औँ नगर अधिवेशन सप्पन्न भएको छ ।
शुक्रवार नगर सभामा चालू आर्थिक वर्षको प्रगती र योजना ,कार्यक्रम तथा बजेट कार्य पालिकाको निर्णय अनुमोदन लगायत विभिन्न ८ वटा एजेण्डा माथि छलफल तथा निर्णय भएका छ । फुङ्लिङ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष मोहन न्यौपानेले १७ औँ नगर सभामा हाल सम्म भएको आर्थिक वर्षको प्रगती समिक्षा र योजना प्रतिवेदन प्रस्तुत भएको जानकारी दिनुभयो ।
चालू खर्च तर्फ कुल विनियोजित बजेट ४८ करोड १६ लाख ८ हजार ५५१ मध्ये हाल सम्म १५ करोड ४७ लाख १ हजार ७ सय १७ रुपैया अर्थात ३२.३१ प्रतिशत खर्च र पुजिँगत तर्फ कुल विनियोजित २० करोड ९७ लाख १५ हजार मध्ये १ करोड ५८ लाख ४५ हजार ७९५ रुपैया अर्थात ७.५५ प्रतिशत खर्च भएको छ ।
नगरपालिकाको २०० वटा विकास तथा लक्षित योजनाहरुमा पुस मसान्त सम्ममा ९९ वटा पुर्वधार तर्फ र ४७ वटा लक्षित तर्फ गरि जम्मा १३८ वटा कार्यक्रम योजना सम्झौता गरि संचालन मा रहेको , हाल सम्म २० वटा पूर्वाधार र १५ वटा लछित कार्यक्रम गरि जम्मा ३८ वटा सम्पन्न भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । जस अनुसार पुजिँगत तर्फ हाल सम्मको भौतिक प्रगती १७.५ प्रतिशत रहेको छ ।
त्यस्तै नगरपालिकाको चालू आर्थिक वर्षको वर्षजेट निर्माण गर्दा २ करोड आन्तरिक आय संकलन हुने गरि अनुमान गरिएकोमा चालू आर्थिक बर्षको हाल सम्म आइपुग्दा १ करोड ६ लाख ९३ हजार ४ सय ४५ रुपैयाँ संकलन भइ बार्षिक लक्ष्यको तुलनामा ५३.४६ प्रतिशतको प्रगती हासिल गरेको न्यौपानेले जानकारी दिनुभयो ।
नगर अधिवेसनलाई सम्बोधन गर्दै नगरप्रमुख अमिर मादेनले हाल सम्म भएका प्रगति संतोषजनक रहेको भन्दै बाकी रहेका योजना र कार्यक्रम समयमै सम्पन्न गर्नका लागि सवैसँग आग्रह गर्नु भयो । सभामा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतम , प्रशासकिय अधिकृत प्रकाश तामाङ , शिक्षा शाखा प्रमुख प्रकाश पौडेल , पालिकाका सबै वडाका वडा अध्यक्ष लगायत सम्पुर्ण शाखाका शाखा प्रमुखहरुको उपस्तिथि रहेको थियो ।


















