प्रहरीको गोली लागेर घाईते भएकालाई थप उपचारका लागि काठमाडौँ लगिदै
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा ( मुकुमलुङ्ग) क्षेत्रमा पहिचान पक्षधर र सुरक्षाकर्मी बीच झडप हुँदा घाईते भएको पहिचान पक्षधरलाई थप उपचारका काठमाडौँ लगिदै छ ।
जिल्ला अस्पतालबाट रेफर गरी विराटनगरको नोबेल अस्पतालमा उपचार गराउन लगिएको तीन जना घाइतेलाई रेफर गरेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लान लागेको हो । घाईते भएका तेह्रथुमको म्याङलुङ नगरपालिका का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका का मङ्गल लावती, सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वालाई थप उपचारका लागि काठमाडौँ लान तयारी भएको घाइतेका आफन्तहरूले जनाएको छ घाइतेहरू याम लिम्बूको तिघ्रामा गोली लागको सगुन लावतीको ९ छातीमा गोली लागेको र धर्मान पालुङ्वा ९ दाहिने कुममा चोट लागेको आन्दोलनरत पक्षले जनाएको छ ।
हिजो पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरी बीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउँदा पहिचान पक्षधर घाईते भएको थिए ।


















