ताप्लेजुङको पाथीभरामा केबलकार बन्न शुरु भएपछि जिल्लावासीमा छायो खुशियाली 

वेलकम खबर
माघ १०, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको काम शुरु भएको छ ढिलै भएपनि पाथीभराका दर्शनार्थीहरूलाई आवतजावतमा सहज हो भन्ने उद्देश्यले पाथीभरा केबलकार निर्माणको काम शुरु भएको हो ।
पाथीभरामा केबलकार निर्माण शुरु भएपछि जिल्लावासीमा खुशियाली छाएको छ । पाथीभरा क्षेत्रको काफ्ले पाटी नजिकै बटम स्टेसनको काम शुरु भएपछि जिल्लाबासीहरू केबलकार बन्नेमा ढुक्क भएका छन । केबलकार बनेपछि ब्यापार व्यवसाय फस्टाउनेमा होटल व्यवसायीहरू पनि खुशी देखिन्छन ।
फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले ताप्लेजुङको  पाथीभरामा केबलकार बन्नु भनेको जिल्लाको मात्र नभएर कोशी प्रदेशकै समृद्धि भएको बताउँदै निर्माणको कार्यले तिव्रता पाउनु पर्ने दाबी गर्नुहुन्छ उहाँ भन्नुहुन्छ केबलकार सबस्टेशन बन्न शुरु भएको छ यसलाई स्थानीय सरकारले सक्दो सहयोग गर्नेछ । केबलकारले प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रलाई साथै सम्रग रुपमा ताप्लेजुङबासीलाई  फाइदा हुने बताउनुहुन्छ ।
नगरप्रमुख मादेनले अहिले तीन लाख वार्षिक रुपमा तीर्थयात्रीहरू आउँथे भने केबलकार बनेपछि अनुमानित  दश लाख तीर्थयात्री जिल्लामा भित्रने दाबी गर्नुहुन्छ ती तीर्थयात्रीले स्थानीय स्तरमा उत्पादन हुने अर्गानिक कृषि उत्पादनहरू कोशेलीको रुपमा लैजाने हुँदा व्यापार व्यवसाय फस्टाउने समेत उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्लामा निर्माण हुने केबलकार सहित सबै विकास आयोजनामा लगानी मैत्री वातावरण बनाउने सरकार दायित्व भएको उल्लेख गदैे सोही अनुसार  जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न राज्यको तर्फबाट जिल्ला सुरक्षा समिति सँधै तत्पर रहेको बताउनुभयो ।
उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव कमल लिम्बुले पाथीभरा केबलकार बन्नु सबल पक्ष भएको उल्लेख गर्दै ब्यापार व्यवसायमा वृद्धि हुने बताउनुहुन्छ र उहाँ भन्नुहुन्छ केबलकारबाट जिल्लावासीले फाइदा लिन सक्नु पर्ने उल्लेख गदै जिल्लाको पर्यापर्यटन तथा  प्राकृतिक सम्पदाबाट भरपुर जिल्लावासीले फाइदा लिनु सक्नु पर्ने धारणा व्यक्त गर्दै यस कार्यकालका लागि  दुवै पक्षले आवश्यक सहमति र सहकार्यको आधारमा वार्ता तथा संवाद मार्फत समग्र जिल्लाको विकास एकजुट भई अघि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो ।
भोलि स्थानीयबासीले प्राप्त गर्ने शेयरबाट जिल्लावासीले फाइदा पुग्ने धारणा राख्दै ताप्लेजुङ मैवाखोला ३ का स्थानीय तथा हाल शेयर बजार जानकारी सरोज भट्टराईले जति सक्दो चाँडो केबलकार निर्माण गरी शेयर जारी गरेमा ताप्लेजुङका स्थानीयवासीहरू फाइदा पुग्ने बताउनुहुन्छ । उहाँले चन्द्रागिरी कालिञ्चोक लगायतका केबलकारको उदाहरण दिदैँ एक सयमा प्रति कित्ता खरिद गरेको शेयर दोश्रो बजारमा विक्री गर्दा अहिले प्रतिकित्ता हजारको हाराहारीमा बिक्री भई रहेको उल्लेख गदै पाथीभरा व्यवसायीक धार्मिक रुपमा पनि उत्कृष्ट भएकोले त्यो भन्दा राम्रो अवसर
समग्र  जिल्लावासीले प्राप्त गर्ने बताउनुहुन्छ । 
केबलकार निर्माण सम्पन्न गर्न अनुमानित ३०० करोड लगानी रहने र सो कार्य १२ देखि १५ महिना भित्रमा सम्पन्न गरिने  पाथीभरा केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले जानकारी दिनुभयो ।
काफ्ले पार्टीमा  बटम स्टेसनमा २ वटा मेसिनले स्थल मिलाउने काम गरिरहेको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिनुभयो । उहाँको  अनुसार दैनिक तिब्र गतिमा काम भइरहेको र सोही गतिमा काम भए एक वर्ष भित्रमा केबलकार सञ्चालन गर्न सकिने दाबी गर्नुहन्छ ।
फुङलिङ नगरपालिका – ११ मा रहेको काफ्लेपाटीबाट पाथीभरा मन्दिर परिसर भन्दा ७०० मिटर पश्चिम सम्म केबलकार बन्नेछ । यसको दुरी २.७५ किलोमिटर रहने छ । केबलकारबाट ओर्लिएर तीर्थयात्रीले ७०० मिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ ।
१३ वटा खम्बा (टावर)मा ३८ वटा गोन्डोलाज (केबलकारको बसेर यात्रा गर्ने बक्स) झुन्ड्याएर सञ्चालन गरिने केबलकारका सबै सामान विश्वको नम्बर १ केबलकार कम्पनीबाट आयात गरिने भएकाले यसमा यात्रा गर्न सुरक्षित रहने सदस्य  पौडेलको भनाई रहेको छ । आठ जना यात्रु बोक्न मिल्ने मोनो केबलकारले प्रतिघण्टा एक हजार जना तीर्थयात्रीलाई पाथीभरामा पुरयाउने छ । 

उता पाथीभरा मुक्कुम्लुङमा केबलकार निर्माणका लागि असन्तुष्ट जनाई रहेका पहिचान पक्षधरले निर्माण स्थलबाट निर्माणका सामाग्री तथा शसस्त्र र जनपथ प्रहरीहरु तत्काल फिर्ता गर्नु विज्ञप्ती मार्फत माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*