आठराई त्रिवेणीमा एकैदिनमा चारवटा भवनको उद्घाटन
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका निर्माण सम्पन्न चार वटा भवनको उद्घाटन गरिएको छ । आठराई त्रिवेणी गाउपालिका वडा १ निघुरादिनमा आज चार निर्माण सम्पन्न भवनको पालिका अध्यक्ष दिपेन पोमुले उद्घाटन गर्नु भएको हो ।
निघुरादिनमा वडा कार्यालय सामुदायिक भवन, बर्थिङ सेन्टर भवन र महिला सामुदायिक भवनका उद्घाटन भएको पालिकाले जनाएको छ ।

भवन स्थानीय सरकारको आर्थिक सहयोगमा सम्पन्न भएको उल्लेख गदै पालिका अध्यक्ष अध्यक्ष पोमुले अन्य वडा समेत तिव्र गतिमा भवन निर्माण कार्य भइरहेको उल्लेख गर्दै चाँडै नै अन्य वडाको भवनको उद्घाटन हुने बताउनुभयो । अध्यक्ष पोमुले भवन निर्माण व्यवसायी, जग्गादाता तथा सहयोगी सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

एकै दिन चार वटा भवन निर्माण सम्पन्न गरि उद्घाटन पनि सम्पन्न भएको छ सम्पूर्ण भवन निर्माण स्थानीय सरकारको तर्फबाट भएको र अन्य वडामा समेत यही गतिमा काम भइरहेको छ भवन निर्माणमा सहयोग गर्नु हुने निर्माण व्यवसायी ,जग्गा दाता लगायत सम्पूर्ण सहयोगी मनहरू लाई हार्दिक आभार सहित धन्यवाद समेत व्यक्त गर्नुभयो । चार वटा भवन निर्माणको लागि करिब २ करोड जति खर्च भएको अध्यक्ष पोमुले जानकारी दिनुभयो ।



















