भारतको महाराष्ट्रमा रेलले किच्दा ४ नेपालीको मृत्यु

वेलकम खबर
माघ १०, २०८१

एजेन्सी ।भारतको महाराष्ट्रमा रेलले किच्दा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। महाराष्ट्रको जलगाउँमा बुधबार रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हाम फाल्ने क्रममा विपरीत दिशाबाट आएको अर्को रेलले किच्दा १३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नेपाली नागरिकहरू लछिराम पासी, नन्दराम विश्वकर्मा, कमला भण्डारी, हिमु विश्वकर्माको उक्त दुर्घटना परी मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छन्।रेलवेका जनसम्पर्क अधिकारीका अनुसार लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसका यात्रीबीचमा रेलमा आगो लागेको अफवाह फैलिएको थियो। त्यसपछि रेलको चेन खिचेर यात्रीहरूले हाम फालेका थिए। सोही समयमा अर्कोतर्फबाट बेंगलुरुदेखि दिल्ली जाँदै गरेको कर्नाटक एक्सप्रेसको चपेटामा केही यात्रु आएका थिए। दुर्घटना मृत्यु भएका मध्य अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*