प्रधानमन्त्रीले भेट्नुभएन, रित्तो गाग्री बोकेर आएकोले रिसाउनुभयो: मेयर साम्पाङ

वेलकम खबर
माघ ८, २०८१

काठमाडौं । खानेपानीकाे समस्या बोकेर काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न नमानेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीहरूसँग बोल्दै मेयर साम्पाङले प्रधानमन्त्रीलाई भेट्न सचिवलाई पट्क पट्क फोन गरेपनि नउठेको उनले बताए।साम्पाङले भने, ‘प्रधानमन्त्रीको सचिवलाई फोन गरेको थिए। उहाँले कहिले फोन उठाउनु हुन्न। यही समस्या छ। स्थानीय सरकार प्रमुखले फोन गर्दा प्रधानमन्त्री ज्यु को सचिवलेसम्म फोन उठाउनु हुन्न भनेपछि कसरी संघ सरकार चल्छ।’

उनले प्रधानमन्त्री आफूसँग रिसाएको प्रतिक्रिया पनि दिएका छन्। ‘प्रधानमन्त्रीले भेट्न मान्नुभएन होला सायद। खबर त पुग्या होला। उहाँ मसँग रिसाउनुभयो, रित्तो गाग्री बोकेर आयो भनेर,’ उनले भने, ‘म चैँ खुटा मोल्ने मान्छे होइन्। चिल्लो चाप्लो गरेर अर्कालाई लडाउन आउँदैन।’  मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र  अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर आफ्ना समस्या राखेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*