पाथीभरामा केवलकार निर्माणका काम शुरु,१५ महिना भित्र सम्पन्न हुने

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा ११ मा केबलकार निर्माणको काम शुरु भएको छ ।
आजबाट बटम स्टेसनको काम शुरु भएको सो निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सन प्रमुख इन्द्र केदेमले जानकारी दिए । प्रमुख केदेमका अनुसार १५ महिना भित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको गत कात्तिक २३ गते शुक्रबार शिलान्यास गरिएको थियो । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको शिलान्यास गरेका थिए ।
ताप्लेजुङको पाथीभरा केबलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको मात्रै नभएर कोशी प्रदेशकै आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनको दाबी छ ।
पाथीभरा दर्शन गर्ने तीर्थयात्रीहरुको सहजताको लागि पाथीभरा क्षेत्रका केवलकार निर्माण गर्न लागिएको हो ।