माधवलाई वामदेवले दिए धोका एमाले फर्कने निश्चित

वेलकम खबर
माघ ६, २०८१

काठमाडौं । लामो समयको रस्साकसीपछि नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

केही दिनदेखि नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने प्रयासमा रहेका उनी अन्तिम समयमा भने समाजवादीलाई धोका दिएर एमालेमा जान लागेका हुन् । उनी एमाले प्रवेश गर्ने निश्चित भएको बताईएको छ ।

पटक-पटक नेपालसँग कुराकानी गरेका उनले यसअघि समाजवादीमा वरिष्ठ नेता भएर जाने निश्चित भइसकेको तर अरु जिम्मेवारी नटुंगिएको दाबी गरेका थिए।समाजवादीमा जाने अन्तिम तयारीमा रहँदै बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले विभिन्न समयमा पार्टीबाट अलग भएका नेताहरुलाई पार्टीम फिर्ता हुन आह्वान गरेपछि गौतमले एमालेमा फर्किने मन बनाएका हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । आज बिहान मात्र पनि ओलीसँग फोनमा कुरा गरेका उनलाई ओलीले एमालेले छिट्टै स्वागत गर्ने जवाफ दिएको स्रोतले जनाएको छ । एमाले प्रवेश गर्ने पटक-पटकको प्रयासले सार्थकता नपाएपछि गौतमले एकीकृत समाजवादीतिर जाने मन बनाएका थिए । एकीकृत समाजवादीमा तेस्रो वरीयता र वरिष्ठ नेता बनेर जाने लगभग टुंगो लागेको दुवै दलले बताउँदै आएका थिए । केही चरणमा गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पनि गरेका थिए । एक दुई साताभित्र नै वामदेवलाई पार्टीमा भित्र्याउने एकीकृत समाजवादीको तयारी थियो । तर, केही कुरा मिल्न बाँकी रहँदा रहँदै गौतमा एमालेमा जान तयार भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*