प्रचण्डप्रति एमाले महासचिवको कटाक्ष- माघ अन्तिम साता हिउँदे अधिवेशन बोलाएको बिर्सनु भएछ कि क्या हो?

वेलकम खबर
माघ ५, २०८१

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन बोला एको मिति स्मरण गर्न अनुरोध गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संसद् अधिवेशन बोलाउन माग गरेको समाचार सार्वजनिक भएपछि महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम साता बोलाएको बिर्सनु भए छ कि क्या हो ? भनेर कटाक्ष गरेका छन् ।

उनले विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने हेक्का राख्न पनि प्रचण्डलाई अनुरोध गरेका छन् ।‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम साता बोलाएको बिर्सनु भएछ कि क्या हो ? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ ।’ महासचिव पोखरेलले लेखेका छन् ।, ‘अनि उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाउनु भएछ । विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै तर पनि विपक्षी दलको नेता भएपछि घुर्की त लगाउनै पर्‍यो क्यारे होइन त ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*