इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

वेलकम खबर
माघ ५, २०८१

तेहरान । इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहरानमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ।आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ ।

अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*