राष्ट्रपतिद्वारा भूमि सम्बन्धी अध्यादेश जारी
वेलकम खबर
माघ २, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् । यसअघि मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको भए पनि पौडेलले भूमि सम्बन्धी अध्यादेश त्यतिबेला जारी गरेका थिएनन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरुमा सत्तारुढ दलबीच एकता रहेको बताएका थिए।


















