पत्रकार कर्मी मौरीझैं मेहनती हुनुपर्छ : अध्यक्ष बस्नेत

वेलकम खबर
पुस २८, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुलाई कर्मी मौरी जस्तो मेहनत गर्न सुझाव दिएका छन् । केही सञ्चारमाध्यमले अरुलाई दुःख दिएका कारण मिडियाप्रति नै गलत भाष्य बनेकोमा दुःख प्रकट गर्दै उनले सबै सञ्चारकर्मीहरु जिम्मेवार हुनुपर्ने बताए ।

‘पत्रकारहरु कर्मी माहुरी जस्तो मेहनती हुनुपर्छ । बारूलोले जस्तो अरूलाई दुःख दिने टोक्ने होइन, प्रेस काउन्सिल नेपालमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘कर्मी माहुरी जस्तो हुने कि अरुलाई टोक्ने बारुलो हुने हो, पत्रकारहरुले आफूलाई छुट्याउन सक्नुपर्छ । पत्रकारले अरुलाई दुःख दिन कदापी मिल्दैन ।’

नयाँ खुलेका अनलाइन पोर्टल, युट्युव च्यानलका सम्पादक, प्रकाशकहरुलाई अभिमुखीकरण दिने क्रममा उनले सूचना र समाचार छुट्याएर प्रकाशन गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा विषय विज्ञका रुपमा पत्रकार विमल गौतम र काउन्सिलका बोर्ड सदस्य विजयराज अधिकारीले पत्रकार आचारसंहिताको विविध पक्षमा प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*