ताप्लेजुङमा मुक्कुम्लुङ संयुक्त संघर्ष समितिद्वारा अनिश्चितकालिन यातायात बन्द

वेलकम खबर
पुस २१, २०८१

काठमाडौँ – ताप्लेजुङ मुक्कुम्लुङ संयुक्त संघर्ष समिति सहित मुक्कुम्लुङ संरक्षणमा संलग्न संघसंस्थाहरूले आइतबारदेखि अनिश्चितकालिन यातायात बन्दको घोषण गरेको छ ।

संघर्ष समितिले यातायात बन्द गरेसँगै यात्रुहरुको बिचल्ली भएको छ । समितिले एक विज्ञप्ति प्रकाशित गर्दै मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चित कालका लागि यातायात बन्द गर्ने घोषणा गरेको छ । उक्त संस्थाहरुले पुस १७ गते पाथीभरा (मुकुम्लुङ) संरक्षणको लागि इलाम जिल्लाबाट आएका २६ जना मानिसहरूलाई तल्लो फेदीमा तैनाथ प्रहरीहरूले माथि जानबाट रोकेर फिर्ता पठाएको, तीनजनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको र उनीहरूको रिहाइ सहित विभिन्न माग राखेर यातायात बन्दको आह्वान गरिएको विज्ञाप्तिमा उल्लेख छ ।

सरकारको अन्याय, ज्यादति र जातीय साम्प्रदायिक कार्यको विरोध गर्न केवलकार खारेज नभएसम्म, ठूलो फेदीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने विज्ञप्तिमा जनाइएको छ । यसअघि उक्त संस्थाहरुले आफ्ना माग पुरा गर्न २० गते अर्थात शनिबारसम्मको अल्टिमेटम दिएको थियो । तर,  उक्त समयमसम्ममा पनि माग पुरा नभएपछि बन्दको घोषणा गरिएको मुक्कुम्लुङ संघर्ष समितिले जनाएको छ । यातायात बन्द हुँदा ताप्लेजुङबाट जिल्लाका ८ स्थानिय तह जाने यात्रुहरु, जिल्लाबाट बहिर झापाको विर्तामोड, ईलाम, पाँचथार, सुनसरीको धरान, मोरङको विराटनगर लगयातका स्थानमा जाने यात्रुहरु मारमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*