पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष पदका लागि ४ जनाले गरे उम्मेद्वारी दर्ता

वेलकम खबर
पुस १८, २०८१

ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन्। तत्कालीन अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङ, फुङलिङ नगरप्रमुख अमिर मादेन, तत्कालीन सदस्य शिला इजम ९राई० र कुमार मादेनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

यस्तै शिक्षा प्रेमी महिला सदस्यमा चित्रा कुमारी चंशु, देउमाया ओझा, अन्जना कडरिया, गीता कुमारी सेन्दाङ, मातृका देवी प्रसाईँ, माला पालुङवा र मैया न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् । समाजसेवी बुद्धिजीवी दलित सदस्यमा सन्तोष कुमार सार्की, टिकेन्द्र नेपाली, तुलसीमाया बि।क। को उम्मेद्वारी परेको छ ।

शिक्षा प्रेमी बुद्धिजीवी खस आर्य सदस्य तर्फ भोलानाथ पौडेल, टेकनाथ अधिकारी, मातृका प्रसाद नेपाल र अर्जुन प्रसाद तिवारीले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । शिक्षा प्रेमी बुद्धिजीवी जनजाति सदस्यमा विश्वराज लिम्बू, घनेन्द्र मादेन, हिमकला गुरुङ, तेज बहादुर राई, प्रजिन हाङवाङ, रामचन्द्र पोमु र पृथ्वी प्रसाद मादेनको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक राम कुमार थापाको बताए । चन्दादाता अक्षयकोषदातामा भने कुनै उम्मेद्वारी नपरेको बताइएको छ ।

यस्तै  शुक्रवार भोलि बिहान १० बजे सम्म उम्मेदवारको दाबी विरोध उपर छानबिन हुनेछ भने ११ बजेसम्म उम्मेदवारीको नामवाली प्रकाशन हुनेछ । शुक्रवार १ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामवाली ५ः३० बजेसम्ममा प्रकाशन गरिने छ । पौष २० गते दिउँसो १ बजेबाट ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*