योगेश भट्टराईले गरे जिल्लाको नेताहरूसँग छलफल
काठमाडौँ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङका अगुवा नेताहरूसँग छलफल गर्नु भएको छ ।
आज काठमाडौँमा उपलब्ध ताप्लेजुङका अगुवा नेताहरूसँग सचिव भट्टराईको सचिवालयमा अनौपचारिक छलफल भएको हो । सचिव भट्टराईले नेकपा एमालेको नेतृत्वको सरकारले प्रतिकुल अवस्थामा पनि राम्रो काम गरेको बताउनुभयो ।
उहाँले देशको अर्थतन्त्र बिग्रिएको बेलामा सरकारको नेतृत्व अघिल्लो सरकारले सृजना गरेको ४ खर्ब भन्दा बढी दायित्व अहिलेको सरकारले पुरा गर्नु परेको उल्लेख गदै पार्टी र नेतृत्व प्रति चौतर्फी आक्रमण भई रहेकोले एक जुट भएर प्रतिवाद गर्न सबैलाई आहान गर्नुभयो । उहाँले जिल्लाको विकास निर्माणका बारेमा सबैसँग एक जुट भएर अघि बढ्न समेत सबैलाई आग्रह गर्नुभयो ।
पार्टी भित्रका आक्रमणलाई एकताबद्ध भएर लाग्न आग्रह समेत गर्नुभयो ।
त्यस्तै केन्द्रीय सदस्य तथा पूर्व सांसद पासाङ शेर्पाले एमाले सरकार र नेतृत्व प्रति आक्रमण बढेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत पार्टी तथा सरकारको गतिविधिलाई ब्यापक प्रचार प्रसार गर्नु पर्ने बताउनुभयो । अर्का नेता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टंक आङ्बुहाङले पार्टी सङ्गठन मजबुद्ध बनाउन सबै एक जुट भएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले संघीय मामला विभाग सचिव शिव गुरुङ, नेकपा एमाले कोशी प्रदेश सदस्य सन्तोष खतिवडा लगायतले आ आफनो धारणा राख्नु भएको थियो ।आजको भेट अनौपचारिक भएको उल्लेख गदै नेता भट्टराईका स्वकिय सचिव सन्तोष मादेनले आउदो दिनमा औपचारिक रुपमा जिल्लाका विकासका बारेमा आमरुपमा छलफल गरिने बताउनुभयो ।


















