ताप्लेजुङको फुङ्लिङमा ४२४७ जना विद्यार्थीहरूको मुटुको परीक्षण गर्दा १० जना मुटु रोगी भेटिए
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका ४२४७ जना विद्यार्थीहरूको मुटुको परीक्षण गर्दा १० जनाको अप्ररेसन गर्नुपर्ने मुटु रोगी भेटिएकाछन् । जसमध्ये १० जना विद्यार्थीले नियमित रुपमा औषधि सेवन गर्नुपर्ने देखिएको छ भने अन्य नियमित एक वर्षपछि चेकअप गर्नुपर्ने विद्यार्थीको सङ्ख्या १३ जना रहेको हृदय रोग निवारण प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष इन्द्र बहादुर गुरुङले बताउनु भयो ।मुटुको अप्ररेसन गर्नुपर्ने १० जना विद्यार्थीको नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठानले निशुल्क अप्रेसन गर्ने ब्यवस्था मिलाएको अध्यक्ष गुरुङले बताउनु भयो । नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठान र फुङ्लिङ नगरपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान ताप्लेजुङका अनुसार मंगलबार भानु जन मावि,जनता मावि र युवा वर्ष मावि कैजले गरि ३ वटा केन्द्रमा विद्यार्थीहरूको मुटुको परीक्षण गरेको थियो। नेपाल ह्दयरोग निवारण प्रतिष्ठानका १८जना वरिष्ठ डाक्टरहरुले शिविरमा सेवा प्रदान गरेका थिए । शिविरमा ५ बर्ष देखि १५ बर्ष सम्मका विद्यार्थीको मुटुको परिक्षण गरिएको थियो ।



















