संघर्षले हात पार्यो पदमबहादुर स्मृति कप

ताप्लेजुङ । संघर्ष स्पोर्टिङ क्लब उकाली पानीले तमु ल्होसार पर्व २०८१ को अवसरमा फुङ्लिङ ६ स्थित लक्ष्मीटारमा आयोजित प्रथम स्वर्गीय पदमबहादुर गुरुङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सोमबार सम्पन्न फाइनल खेलमा साथीभाइ युवा समूहलाई ४-२ गोल अन्तरले पराजित गर्दै संघर्षले उपाधि चुमेको हो।
संघर्षका लागि कप्तान आशिष लिम्बुले खेलको १३औं र १८ औं मिनेटमा गोल गरे।साथीभाइ युवा समूहका मञ्जित लिम्बुले खेलमा २८ औ मिनेटमा गोल गर्न सफल भएका थिए तर ३४ औं मिनेटमा दिपेश लिम्बुले संघर्षको लागि पुनः गोल गर्दै अग्रतालाई अझै बलियो बनाए ।साथीभाइका लागि पुन ४० औ मिनेटमा सुनियोजित लिम्बुले गोल गरेका थिए।४४ औं मिनेटमा सविन तामाङले संघर्षको लागि गोल गर्दै समग्रमा खेललाई ४ -२ ले टुङ्ग्याए।
विजेता बनेसँगै संघर्ष स्पोर्टिङले नगद रु १ लाख ११ हजार १ सय १ १रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको साथीभाइले ५१ हजार १ सय ११ रुपैयाँमा बुझाएको छ। प्रतियोगिताको आयोजना तमु ह्यूल छोज धीं गुरुङ राष्ट्र परिषद् ताप्लेजुङसँगको समन्वयमा ताप्लेजुङ स्पोर्टिङ क्लब फुङ्लिङ ६ बतासेले आयोजना गरेको हो।