सिरिजङ्गामा ५ सय ४१को स्वास्थ्य परिक्षण वितरण गरियो परिचयपत्र
ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाँउपालिकाले ५ सय ४१ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा ५सय ४१ जनाको स्वास्थ्य परिक्षण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभएको छ ।
शिविरका क्रममा अपाङ्गता भएका ३५ जना लाभग्राहीहरुको पहिचान गरी उनीहरुलाई रातो अपाङ्गता परिचयपत्र बितरण गरिएको छ । यस्तै ४०–४० जना लाभग्राहीहरुलाई निलो र पहेंलो तथा ५० जना लाभग्राहीहरुलाई सेतो अपाङ्गता परिचयपत्र बितरण गरिएको समेत गाउँपालिकाले जनाएको छ ।
पुस १ गते देखि ८ गते सम्म पालिकाका प्रत्येक वडामा पुगेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहिचान तथा स्वास्थ्य शिविरसंगै अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम सञ्चालन गरेको थियो ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय,सिरिजङ्गा गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीका उक्त कार्यक्रम सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।



















