ताप्लेजुङका भट्टराई रास्वपाको केन्द्रीय अनुशासन समितिमा मनोनित

वेलकम खबर
पुस १२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले अनुशासन आयोगमा तीन जनालाई नियुक्त गरेको छ । काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङ घर भएका अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरिएको हो ।

प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्ति अनुसार संगठन विभागमा लमजुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहाका विमल तिवारीलाई मनोनीत गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*