भुटानी राजपरिवारको टोली काठमाडौंमा

वेलकम खबर
पुस १२, २०८१

काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ ।

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौं आएर फर्किएको तीन सातापछि उनका सासु–ससुराको टोली आएको हो । निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौं आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए । भुटानको टोली सोल्टी, हायत र याक एण्ड यती होटलमा बसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*